मकवानपुरमा आज ६२ जनामा पुष्टि

पालिका डायरी
१ माघ २०७८, १७:०६
२९६ लाई कोरोना ८ हजार ९७२ परीक्षण

हेटौंडा । मकवानपुरमा पछिल्लो दिनहरुमा कोरोना पुष्टि हुनेहरुको संख्या बढिरहेको छ ।

जिल्लामा आज थप ६२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । ९४ जनामा गरिएको पसीआर परीक्षणमा थप ६२ जनामा कोरोना पुष्टि भएको कार्यलयले जनाएको छ ।

पुष्टि हुनेहरुमा ६१ जना हेटौंडा उपमहानगरपालिका भित्रका र १ जना मकवानपुरगढी गाउँपालिका भित्रका रहेका छन् ।

यसैगरि आज कोरोनाबाट निको हुनेको संख्या शून्य रहेको कार्यलयले जनाएको छ ।

जिल्लामा हाल ३ सय ६४ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा ३६० जना आफ्नै घरमा र ४ जना हेटौंडा अस्पतालमा उपचाररत रहेका छन् ।

प्रतिक्रिया