कोरोना संक्रमण दर ह्वात्तै बढ्यो, आज थपिए १४ सय ४६ संक्रमित

पालिका डायरी
२६ पुष २०७८, १७:३५
२९६ लाई कोरोना ८ हजार ९७२ परीक्षण

मुलकभर आज १४ सय ४६ जना कोरोना भाइरस संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ११ हजार ४२९ जनामा कोरोना भाइरस परीक्षण गरिएको थियो ।

जसमध्ये पीसीआर विधिबाट गरिएकोमा १३५७ मा कोरोना पुष्टि भएको छ । त्यस्तै एन्टिजेन विधिबाट ८९ जनामा कोरोना पुष्टि भएको हो ।

हिजो करिब १२ हजारमा कोरोना संक्रमण पुष्टि भएको थियो । हिजोको तुलनामा यो दर एकै दिनमा २ हजारभन्दा बढी हो । त्यस्तैगरी गएको २४ घण्टाभित्र २५५ जनाले कोरोना जितेका छन् ।

नेपालमा हालसम्म ८ लाख १४ हजार ४८५ जनाले कोरोना जितेका छन् भने यतिबेला ७ हजार ८५५ जना संक्रिय संक्रमित रहेका छन् ।

गएको २४ घण्टामा कोरोनाका कारण २ जनाले ज्यान गुमाएका छन् । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा सरकारले कडाइ गर्ने भएको छ । सीसीएमसीले भोलिबाट माघ १५ गतेसम्म विद्यालय तथा कलेज बन्द गर्न सिफारिस गरेको छ ।

त्यस्तै होटल तथा आन्तरिक हवाइ उडानमासमेत खोप लगाएको कार्ड अनिवार्य गरिएको छ ।

प्रतिक्रिया