नेकपा एमाले मकवानपुरको अध्यक्षमा एकालाल श्रेष्ठ

पालिका डायरी
२५ पुष २०७८, १३:१६
नेकपा एमाले मकवानपुरको अध्यक्षमा एकालाल श्रेष्ठ

हेटौंडा ।  नेकपा (एमाले) मकवानपुर जिल्ला कमिटीको ११ औं जिल्ला अधिवेशनमा एकालाल श्रेष्ठको अध्यक्षतामा १०५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

आज विहान सम्पन्न अधिवेशनले एमाले मकवानपुर जिल्ला उपाध्यक्षमा लाल बहादुर थापा, सचिवमा नविन सिग्देल, उपसचिवमा हिदम लामा र सिता बिष्टलाई सर्वसम्मत चयन गरेको हो । अरु पुराना र पाटीमा लगनशिल भएका आधारमा चयन गरिएको छ ।

आइतबार बिहान हेटौंडा–५ स्थित पार्टी कार्यालयबाट सर्वसम्मत नयाँ नेतृत्व चयन भएको निर्वाचन मण्डलका अध्यक्ष रामेश्वर रानाले जानकारी दिनुभएको थियो । अध्यक्षका आकांक्षी एकालाल श्रेष्ठसँगै बद्रिप्रसाद लम्साल पनि हुनुहुन्थ्यो । पार्टीको केन्द्रीय नेताको दबावमा सर्वसम्मतको नाममा नयाँ नेतृत्व चयन प्रक्रियामा केही नेता, कार्यकर्ताले असन्तुष्टी समेत व्यक्त गरेका छन् । नेतृत्व चयनको प्रक्रियालाई लिएर एक कार्यकर्ताले भने, ‘कम्युनिष्ट पार्टीको नेतृत्व चयन निर्वाचनबाट नभई वाचनबाट भयो ।’

हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा शुक्रबार उद्घाटन गरिएको नेकपा एमाले मकवानपुरको ११ औं अधिवेशनअन्तर्गत शनिबार बिहान हेटौंडा–४ स्थित होटल क्वीक २० मा निर्वाचनको प्रक्रिया सञ्चालन गर्ने तयारी गरिएको थियो । सहमतिका लागि भन्दै लामो समय निर्वाचन प्रक्रिया नै अवरुद्ध गर्दै शनिबार दिउँसो आइतबार बिहानसम्मका लागि भन्दै निर्वाचनको प्रक्रिया स्थगित गरिएको जानकारी गराइएको थियो ।

जिल्लाको थाहा नगरपालिका,बागमती, बकैया, मकवानपुरगढी, भीमफेदी,राक्सिराङ, र इन्द्रसरोवर गाउँपालिकामा खुल्ला तथा महिला गरि तोकिएका सदस्यहरुले मात्र उम्मेदवारी दर्ता गराएपछि भौगोलिक क्षेत्र अन्तर्गत ६ स्थानीय तह र हेटौंडा उपमहानगरलिका, जनजाती, मुस्लिम र अल्पसंख्यक महिला,मजदुर तर्फ गरेर ४७ जना जिल्ला सदस्य शनिबार नै निर्विरोध निर्वाचित भइसकेका थिए । अन्य सदस्य पनि निर्विरोध भएका छन् । उनीहरुको नामावली भने आउन बाँकी रहेको जनाइएको छ ।

प्रतिक्रिया