संसदमा जारी अवरोध हटाउन र एमसीसी अनुमोदन गर्न ओलीलाई देउवाको प्रस्ताव

पालिका डायरी
२५ पुष २०७८, ०७:५२
संसदमा जारी अवरोध हटाउन र एमसीसी अनुमोदन गर्न ओलीलाई देउवाको प्रस्ताव

काठमाडौं।  प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई संघीय संसदमा जारी अवरोध हटाउन र एमसीसी सम्झौता अनुमोदन गर्न प्रस्ताव गरेका छन् ।

शनिबार एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट (भक्तपुर) पुगेका प्रधानमन्त्री देउवाले संसदको अवरोध हटाउन र एमसीसी सम्झौता पास गर्न आग्रह गरेका हुन् ।

तर, जवाफमा अध्यक्ष ओलीले भनेका छन्, ‘जे कारणले आफूहरुले संसद अवरुद्ध गरेको हो, त्यसबारे केही सम्बोधन भएको छैन । त्यसैले अवरोध यथावत रहन्छ ।’ त्यसोत, मसीसीबारे पनि सत्ता पक्षले नै औपचारिक रुपमा केही नभनेको उनको भनाइ छ ।

गत विहीबार बसेको पाँचदलीय समन्वय समितिले संघीय संसदको अवरोध हटाउन विपक्षी दलको नेतासँग सम्वाद गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको थियो, भने आज प्रधानमन्त्री देउवा एमालेका अध्यक्ष ओलीलाई भेट्न बालकोट हुन् ।

प्रतिक्रिया