मकवानपुरमा शुक्रबार १३ जना कोरोना संक्रमित थपिए

पालिका डायरी
२३ पुष २०७८, १७:१४
२९६ लाई कोरोना ८ हजार ९७२ परीक्षण

मकवानपुरमा थप १३ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा २७ जनाको पीसीआर र एन्टिजेन परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, संक्रमण पुष्टि हुने सबै जना हेटौंडा उपमहानगरपालिकाका हुन् ।

यससँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको कूल संख्या १५ हजार ६ सय ७ जना पुगेको छ । यस्तै, जिल्लामा पछिल्लो २४ घण्टामा १ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट कुनै पनि व्यक्तिको मृत्यु भएको छैन । जिल्लामा हालसम्म संक्रमणमुक्त हुनेको कूल संख्या १५ हजार ३ सय २५ जना पुगेका छन् ।

यस्तै, जिल्लामा हालसम्म संक्रमणका कारण १६७ जनाको मृत्यु भएको छ । जिल्लामा हालसम्म हेटौंडाका १ सय १९ जना, थाहानगरपालिकाका ९ जना, मकवानपुरगढीका ५ जना, बागमतीका ४ जना, कैलाशका २ जना, मनहरीका १४, भीमफेदीका ७, बकैयाका ५ जना र राक्सिराङ गाउँपालिकाका २ जनाको मृत्यु भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने कोरोना संक्रमणका कारण हालसम्म कुनै पनि व्यक्तिको मृत्यु नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया