कैलाश गाउँपालिकाको प्रशासकिय भवन उद्घाटन

पालिका डायरी
२१ पुष २०७८, २०:३९

मकवानपुरको बिकट कैलाश गाउँपालिकाको नवनिर्मित प्रशासकिय भवन बुधबार उद्घाटन गरिएको छ । कैलश–३ कालिकाटार स्थित २६ कोठे नवनिर्मित प्रशासकिय भवनको जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख रघुनाथ खुलालले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो ।

भवन उदघाटन गर्नुहुँदै प्रमुख खुलालले भवन अभावमा विभिन्न समस्या खेप्दै आएको गाउँपालिकाले अब सेवा प्रवाहलाई चुस्त बनाउनु पर्ने बताउनुभयो । उहाँले जिल्ला समन्वय समितिले स्थानीय तहको उन्नति, प्रगति र प्रभावकारी सेवा प्रवाहलाई आफ्नो उपलब्धीका रुपमा लिएको भन्दै कैलाश गाउँपालिकाले जिल्ला समन्वय समितिबाट प्राप्त बजेटको उचित उपयोग गरेकोमा धन्यवाद व्यवक्त गर्नुभयो ।

कैलाश गाउँपालिकाको प्रशासकिय भवन उद्घाटन

उहाँले स्थानिय तहहरुलाई अधिकार सम्पन्न र विकासमा अगाडी राख्न जिल्ला समन्वय समतिले हरेक क्षेत्रमा समन्वय र सहकार्य गर्दै आएको र आगामी दिनमा समेत त्यसको निरन्तरता रहने प्रतिबद्धता समेतत व्यक्त गर्नुभयो । उहाँले समयमै निर्माण सम्पन्न गर्ने निर्माण कम्पनी, जग्गादातालगायत निर्माण प्रकृयामा सहयोग पु¥याउनुहुने सम्पूर्णमा धन्यवाद समेत व्यक्त गर्नुभयो ।

भवन निर्माणका लागि जिल्ला समन्वय समितिबाट कुल २ करोड बजेट उपलब्ध गराईएको थियो । लागत अनुमान ३ करोड ९७ लाख १४ हजार ९९० रुपैयाँ ९८ पैसा भएपनि सार्वजनिक खरिद ऐन बमोजिक ठेक्का लगाउँदा ३ करोड १८ लाख ५३ हजार ९२५ रुपैयाँ ११ पैसामा २०७७ साल असाढ ७ गते गाउँपालिकाले निर्माण कम्पनी रविन/अविसा जेभीसंग २०७८ पुष ७ गते सम्पन्न गर्ने गरि सम्झैता गरेको थियो । निर्माण कम्पनीले समयावधी भित्रै भवन निर्माण सम्पन्न गरेर आज उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनीले बिकट ठाउँमा स्थानीय सरकार संचालनमा समस्या भईरहेको बेला कैलाश गाउँपालिकाकोले भवन निर्माण गरेर राम्रो उपलब्धी हासिल गरेको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाकी कार्यबाहक अध्यक्ष सुकुमाया थिङले पालिकाको विकासमा सहयोग गर्ने सम्पुर्णमा धन्यवाद ब्यक्त गर्नुहुँदै आफुले जनतालाई सधै उत्साहित बनाउने काम गरेको बताउनुभयो । उहाँले स्थानीय जनताले स्थानीय तहबाट उत्कृष्ट सेवा सुविधा पाउनु पर्छ भन्ने विश्वासका साथ काम गरेको उल्लेख गर्नुभयो । भवनमा सामान्य केहि काम गर्न बाँकी रहेको र त्यो छिट्टै सम्पन्न हुने प्रमुख प्रशासकिय अधिकृत देवराज चौलागाईले जानकारी दिनुभयो । उहाँले जिल्ला समन्वय समितिको सहयोगले मात्र भवन निर्माण गर्न सकेके जिकिर गर्दै जिल्ला समन्वय समितिलाई बिषेश धन्यवाद दिनुभयो ।

कार्यक्रममा गाउँपालिका भवन र १० शैयाको अस्पताल निर्माणका लागि करीब १६ रोपनी जग्गा दाताहरुलाई सम्मान समेत गरिएको थियो । गाउँपालिका भवन र अस्पताल निर्माणका लागि स्थानीय रामलाल घलान, गोबिन्द पाठक, सुर्य बहादुर तितुङ, दुर्गा बहादुर स्याङ्तान, सन्चबहादुर स्याङ्तान, सुकुबहादुर स्याङ्तान, सिंगराम घलान र राम बहादुर स्याङ्तानले जग्गा प्रदान गर्नुभएको हो । गाउँपलिकाकी कार्यबाहक अध्यक्ष थिङको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधि, पालिकाका कर्मचारीलगायतको सहभागिता थियो ।

 

प्रतिक्रिया