नेकपा एमाले मकवानपुरको अधिवेशनका लागि तयारी तिब्र, आठ सय प्रतिनिधि

पालिका डायरी
२१ पुष २०७८, ११:४२
नेकपा एमाले मकवानपुरको अधिवेशनका लागि तयारी तिब्र, आठ सय प्रतिनिधि

हेटौंडा ।  नेकपा एमाले मकवानपुरको जिल्ला अधिवेशनका लागि तयारी तिब्र थालिएको छ । यो तयारी अनुसार मकवानपुरका दश वटै स्थानीय तहबाट प्रतिनिधि छानिएका छन् । जिल्ला कमिटीका सदस्यहरु र प्रतिनिधि समेत गरेर ८ सय जना रहेका छन् ।

एमालेले देशैभरी अधिवेशन गर्ने कार्यक्रम अनुसार मकवानपुरमा पनि यही पुस २३ र २४ गते एमाले मकवानपुरको अधिवेशनबाट सर्बसहमतीबाट जिल्ला कमिटी निर्माण गर्ने तयारी भएको एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर रानाले बताउनुभयो । अधिवेशनको सबैजसो तयारी पुरा भएको र आगामी कार्यकालका लागि सक्षम नेतृत्व चयन गरिने उहाँले बताउनुभयो । अहिले दुइवटा प्यानल भन्दा पनि सर्बसहमतीका लागि प्रयास गरिएको उहाँले बताउनुभयो ।

अधिवेशनका लागि गर्नुपर्ने खालका धेरै काम सकिएको एमाले मकवानपुरका सचिब एकालाल श्रेष्ठले जानकारी दिनुभयो । हेटौंडाको रोयल पाटी प्यालेसमा एमालेले अधिवेशन गर्न लागेको हो । यसका लागि सबै जसो तयारी थालिएको उहाँले बताउनुभयो । एमालेले अध्यक्ष, उपाध्यक्ष, सचिब, उपसचिब दुइजनासहित एक सय ५ जनाको कमिटी चयन गर्ने उहाँले बताउनुभयो । एमाले मकवानपुरको अधिवेशनका लागि बर्तमान सचिब एकालाल श्रेष्ठको अध्यक्षतामा नयाँ कमिटी निर्माण गर्नका लागि सर्बसहमतीको प्रयास भइरहेको नेताहरुले बताएका छन् ।

यसअघि माधब नेपाल समुह छुट्टीएर गएपछी संकटको समयमा अध्यक्ष बन्नु भएका श्रेष्ठलाई अधिवेशनले सर्बसहमतीबाट अध्यक्ष बनाउने प्रयाश भइरहेको नेताहरुले बताएका हुन् । एमाले मकवानपुरमा यसअघि पनि बिभीन्न जिम्मेवारी हुँदै एमाले मकवानपुरको सचिब र अध्यक्ष समेत चलाएकाले उहाँको नेतृत्वमा नयाँ कमिटी निर्माण गर्नका लागि अधिवेशन प्रतिनिधिहरुले दवाब दिएका छन् । अधिवेशनको उद्घाटन् नेकपा एमालेका स्थायी कमिटीका सदस्य काशीनाथ अधिकारीले उद्घाटन् गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया