बागमती सरकार जनताको हितमा छैन,खर्च बढाउने काम मात्र गर्योः शाक्य

पालिका डायरी
१८ पुष २०७८, ०९:२७
बागमती सरकार जनताको हितमा छैन,खर्च बढाउने काम मात्र गर्योः शाक्य

हेटौंडा / नेकपा एमालेको उपाध्यक्ष एवं बागमती प्रदेशको निवर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बागमती प्रदेश सरकारले मन्त्रालय फुटाएर जनताको हित विपरित काम गरेर खर्च बढाउने काम मात्र गरेको टिप्पणी गरेकी छन् ।

शनिबार मकवानपुरको फाखेलमा एमाले ईन्द्रसरोबर गाउँपालिका ४ नंबर वडा कमिटीले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान मुख्यमन्त्री शाक्यले प्रदेश सरकाले भागबन्डाको नाममा मन्त्रालयहरुलाई टुक्राएर खर्चहरु बढाउने र जनतालाई थप आर्थिक भार हुने काम मात्र गरेको बताईन् । उनले अहिलेको प्रदेश सरकारले खर्च मात्र बढाउन र आफ्नो स्वार्थ पुरा गर्न मन्त्रालयहरु थप गरेको बताईन् ।

उनले भनिन्ः ‘अहिलेको बागमती प्रदेश सरकाले आफ्नो स्वार्थ पुरा गर्न मन्त्रालयहरु मात्र बढाईरहेको छ । खर्च बढाईरहेको छ । जनताको हितमा छैन् । यो अत्यन्तै गलत काम हो । यसले मुलुकलाई अगाढी बढाउन सक्दैन् ।’

यसैगरि,कार्यक्रममा बोल्दै उपाध्यक्ष शाक्यले कम्युनिस्ट आन्दोलनमा नख्खु जेल ब्रेक गरेर निस्केका नेताहरुलाई फाखेलले संरक्षण दिएको भन्दै सम्मान व्यक्त गरिन् । उनले केहि महिनामै आफुहरुले संघर्षशिल यौद्धा पुस्तक प्रकाशन गर्ने तयारीमा रहेको बताउँदै पुष्तकमा यहाँको कम्युनिस्ट ९१ वर्षीय सानुकान्छा लामा र स्वर्गिय वीर बहादुर लामाको योगदानको चर्चा हुने बताईन् । उनले कम्युनिस्ट आन्दोलनले देशमा आमुल परिर्वतन आएको बताईन् ।

प्रतिक्रिया