सुमो दुर्घटना, ३ जना घाईते

पालिका डायरी
१६ पुष २०७८, १५:१५

 

 

हेटौंडा । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका वडा नंबर २ सिमखोला नजिक ‘ब्रेक फेल’ हुँदा सुमो दुर्घटनामा परेको छ ।

 

विरंगजबाट हेटौंडा हुँदै काठमाण्डौ गईरहेको प्रदेश नंबर २-०३-००१ ज,०१३० नंबरको सुमो ब्रेक फेल हुँदा आफै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार सुमो ‘ब्रेक फेल’ हुँदा अनियन्त्रित भएर दुर्घटना हुँदा सडकबाट करिब ७ मिटर तल खसेको हो ।

सुमोमा चालक सहित ८ जना सवार रहेकोमा दुर्घटनामा दुई जना महिला र एक जना पुरुष गरेर ३ जना घाईते भएका छन् ।

उनिहरुको हात र खुट्टामा चोट लागेको र थप उपचारको लागि काठमाण्डौ पठाईएको छ । उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया