अफ्ताव आलमको थुनामुक्त हुन पाऊँ भन्ने मुद्दा न्यायाधीश कार्की र ढुङ्गानाको इजलासमा

पालिका डायरी
१६ पुष २०७८, १४:२४
अफ्ताव आलमको थुनामुक्त हुन पाऊँ भन्ने मुद्दा न्यायाधीश कार्की र ढुङ्गानाको इजलासमा

 

काठमाडौँ/  हाल थुनामा रहेका निलम्बित सांसद मोहमद अफ्ताब आलमको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिकृष्ण कार्की र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासमा परेको छ । आज शुक्रबारका लागि उक्त मुद्दाको पेशी न्यायाधीशद्वय कार्की र ढुङ्गानाको संयुक्त इजलासमा परेको हो ।

विस्फोटक पदार्थको ओसारपसार तथा कर्तव्य ज्यान मुद्दामा थुनामा रहेका आलमले थुनामुक्त हुन पाऊँ र बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न पाऊँ भन्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । आलमलाई २०७६ कात्तिक २९ गते रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध आलमले २०७६ पुस २८ गते उच्च अदालत वीरगञ्जमा समेत रिट निवेदन दिएका थिए, तर उच्च अदालतले पनि जिल्ला अदालतकै आदेश सदर गरेको थियो । त्यसपछि उनको रिट २०७७ असोज १२ गते सर्वोच्च अदालतमा दायर भएको थियो ।

पहिलो संविधानसभा चुनावका बेला धाँधली गर्ने उद्देश्यले आलमले तत्कालीन राजपुर फरहदवा गाविस वडा नम्बर ४ (हाल राजपुर नगरपालिका वडा नम्बर ४) मा रहेको एक गोठमा बम बनाउन लाग्दा अचानक बम विष्फोट हुँदा घाइते भएकाहरुलाई उपचार गर्नुको सट्टा जिउँदै ईंटाभट्टामा जलाएको आरोप आलममाथि लागेको थियाे ।

प्रतिक्रिया