रौतहटमा जन्ती बोकेको भारतीय जीप दुर्घटनामा मृतकको संख्या ५ पुग्यो

पालिका डायरी
१३ पुष २०७८, १९:००
रौतहटमा जन्ती बोकेको भारतीय जीप दुर्घटनामा मृतकको संख्या ५ पुग्यो

 

हेटौंडा ।  रौतहटमा जन्ती बोकेको जीप (स्कोर्पियो) दुर्घटनामा मृतकको संख्या पाँच पुगेको छ ।

मंगलबार गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर०५ पीए ६९५३ नम्बरको जीप गौर–चपुर सडकखण्डको गरूडामा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय गरूडाले जनाएको छ ।

कारमा सावर ८ जनामध्‍ये तीनजना घाइते भएको बताइएको छ । हाल उनीहरुको गरूडा अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

दुर्घटनामा परेको जीप विस्तृत जानकारी आउन बाँकी रहेको छ ।

प्रतिक्रिया