जिल्ला स्तरीय भलिवल, उद्घाटन खेलमा कैलाश र बज्रबाराही क्लबबीच हुने

पालिका डायरी
१३ पुष २०७८, १७:४३
जिल्ला स्तरीय भलिवल, उद्घाटन खेलमा कैलाश र बज्रबाराही क्लबबीच हुने

हेटौँडा/  मकवानपुरगढीमा हुने जिल्ला स्तरीय रनिङ शिल्ड पुरुष भलिवल प्रतियोगिताको तयारी अन्तिम भएको छ । आमभञ्ज्याङ युवा क्लब मकवानपुरगढी ५ को आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

भोली १४ गते उद्घाटन गरी खेल प्रतियोगिता हुने खेल कार्यक्रम संयोजक इन्द्रप्रसाद सञ्जेलले बताए । प्रतियोगितामा १२ वटा टिम दर्ता भएको र उद्घाटन खेल कैलाश गाउँपालिका र बज्रबाराही क्लबबीच हुने उनले बताए ।

प्रतियोगितालाई गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले उद्घाटन गर्ने कार्यक्रम तय रहेको जनाइएको छ । प्रतियोगितामा प्रथम हुनेले ६६ हजार ६६६ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र र द्धितिय हुनेले ३३ हजार ३३३ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष राजेश अधिकारीले बताए ।

प्रतियोगितामा तृतीय हुनेले १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र र सान्त्वना हुनेले ५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

प्रतियोगितालाई मकवानपुरगढी गाउँपालिकाले प्रायोजन गरेको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ५ हजार, वेष्ट स्पाइकरलाइ २ हजार, वेष्ट सेटरलाई २ हजार, वेष्ट ब्लकरलाई २ हजार र अनुशासित टिमलाई ३ हजार पुरस्कार रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया