अध्यक्ष प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत, २८ समूहमा छलफल हुने

पालिका डायरी
१२ पुष २०७८, १५:११
अध्यक्ष प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत, २८ समूहमा छलफल हुने

 

काठमाडौँ/ नेकपा माओवादी केन्द्रको जारी ८ औँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

कमलादीस्थित प्रज्ञा भवनको सभाहलमा आज सुरु भएको बन्दसत्रमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका हुन् । उनले सभामा वाचन गर्दै प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

आइतबारबाट सुरु भएको महाधिवेशनको दोस्रो दिन आज बन्दसत्र चलिरहेको छ । सो सत्रमा प्रचण्डले ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

उक्त प्रतिवेदनमा प्रचण्डले शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेपछिका पार्टीमा देखिएका उतारचढावहरु तथता समग्र राजनीतिक दिशाको विश्लेषण गरेको बताइएको छ । तर सो प्रतिवेदन महाधिवेशनमा सहभागी प्रतिनिधिहरुलाई भने बाँडिएको छैन ।

अब उक्त प्रतिवेदनमाथि बन्दसत्रमै समूहगत छलफल हुने जनाइएको छ, यसका लागि प्रतिनिधिहरुको २८ समूह बनाइएको छ ।

प्रतिक्रिया