अझै केही दिन चिसो बढ्ने, हिमपात र वर्षाको सम्भावना
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण अबको केही दिन चिसो बढ्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर आंशिक देखि सामान्य बदली रहेको छ ।
महाशाखाको अनुसार अबको तीन दिन हिमाली र पहाडी क्षेत्रको केही स्थानमा हत्कादेखि मध्यम हिमपात हुने र पहाडी क्षेत्रको केही स्थानमा मध्यम वर्षा हुनाले चिसो बढ्ने छ ।
महाशाखाले सोमबार आमागी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हिमपात र पहाडी क्षेत्रका केही स्थानमा हत्का वर्षा हुने सम्भावना भएको जनाएको छ ।
चिसो बढ्ने र चिसोबाट बच्न आवश्यक सकर्ता अपनाउन महाशाखाकाे अनुराेध छ । परार्मशमा भनिएको छ– ‘देशको पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरुमा हत्कादेखि मध्यम हिमपताको सम्भावना रहेको तथा देशका पहाडी भू–भागको केही स्थानहरुमा हत्का वर्षाको सम्भावना साथै देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्क सुरक्षा एंव सतर्कता अपनाउनु होला ।’
मंगलबार र बुधबार पश्चिमी न्यून चापीय प्रणालीले देशभर फैलिई सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागहरुका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको संभावना छ । सो प्रणाली बिहीबारदेखि क्रमिक रुपमा कमजोर बन्दै जाने संभावना छ ।
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
सोमबार
दिउँसो : देशको पहाडी तथा हिमाली भू-भागहरूमा सामान्य देखि पूर्णतया बदली र तराइका भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
राती : देशको पहाडी तथा हिमाली भू-भागहरूमा सामान्य देखि पूर्णतया बदली र तराइका भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
मंगलबार
दिउँसो : देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।
राती : देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।
बुधबार
दिउँसो : देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।
राती : देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।