माओवादी केन्द्रको महाधिवेशन : आज ११ बजेबाट बन्दसत्र

पालिका डायरी
१२ पुष २०७८, १०:२६
माओवादी केन्द्रको महाधिवेशन : आज ११ बजेबाट बन्दसत्र

 

काठमाडौं/  नेकपा (माओवादी केन्द्र)को बन्दसत्र सोमबार (आज)बाट हुनेछ । आइबारबाट सुरु भएको माओवादीको आठौँ महाधिवेशन अन्तर्गत आज ११ बजेबाट बन्दसत्र सुरु हुने भएको हो ।

उद्घाटन आघि राष्ट्रिय सम्मेलनबाट महाधिवेशनमा रुपान्तरण गरेको माओवादी महाधिवेशन ५ दिनसम्म चल्नेछ ।

महाधिवेशनले माओवादी केन्द्रको नयाँ नेतृत्व चयन गर्ने छ । महाधिवेशनका लागि देशभरबाट १६ सय प्रतिनिधिहरु काठमाडौं आइपुगेको माओवादी केन्द्रले जनाएको छ ।

यो महाधिवेशनपछि माओवादीको पदाधिकारीको संख्या १५ जना रहने निश्चित भएको छ । त्यस्तै एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्षसहित ६ जना उपाध्यक्ष रहनेछन् ।

यसैगरी महासचिव १, उपमहासचिव २ तथा सचिव ३ रहने प्रस्ताव गरिएको छ । त्यस्तैगरी एक कोषाध्यक्ष चयन हुने भएका छन् ।

प्रतिक्रिया