मनहरिका अशक्तलाई घरमै पुगेर नागरिकता

पालिका डायरी
११ पुष २०७८, १३:३७
मनहरिका अशक्तलाई घरमै पुगेर नागरिकता

 

हेटौंडा/  मकवानपुरको मनहरि गाउँपालिका वडा नम्बर ९ ज्यामिरेकी लीलावती गिरीले घरमै नागरिकता पाएकी छन् । शारीरिक रूपमा अशक्त रहेकी ३२ वर्षीया लीलावतीलाई प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले शनिबार उनकै घरमा पुगेर नागरिकता प्रमाणपत्र प्रदान गरे ।

लीलावतीलाई नागरिकता बनाउन सदरमुकाम हेटौंडासम्म ल्याउने अवस्था नभएपछि परिवार र गाउँपालिकाको आग्रहमा प्रजिअ पाण्डेले घरमा पुगेर नागरिकता दिएका हुन् । लीलावतीले नागरिकता पाएपछि सरकार र स्थानीय तहबाट अशक्त नागरिकले पाउने सुविधा पाउनेछिन् ।

 

प्रतिक्रिया