पौष २६ देखि तेस्रो थाहा गोल्डकप हुँदै,बिजेताले १ लाख पुरस्कार पाउने।

पालिका डायरी
९ पुष २०७८, १७:४३

थाहा नगरपालिकाको आयोजनामा तेस्रो थाहा गोल्डकप फुटबल प्रतियोगिता यहि पुस २६ गते रुपचन्द्र बिष्टको जन्मोत्सवको दिन देखि आयोजना हुने भएको छ।

थाहा नगरको इन्द्रायणी चौरमा आयोजना हुने प्रतियोगिताको लागि टिम दर्ता खुल्ला गरिएको छ।प्रतियोगितामा सहभागी हुने टिमले दर्ता शुल्क ८ हजार र कार्ड डिपोजिट शुल्क २ हजार तोकियको प्रतियोगिता को संयोजक सुमन बिष्ट ले जानकारी दिनुभयो।

प्रतियोगिता मा प्रथम हुने टिमले नगद १ लाख शिल्ड मेडल र प्रमाणपत्र पाउनेछन भने उपबिजेताले ५० हजार सहित मेडल प्रमाणपत्र प्राप्त गर्ने छन ।

प्रतिक्रिया