बागमती प्रदेशसभा बैठकमा दुई प्रतिवेदन पेश

पालिका डायरी
८ पुष २०७८, १८:१४
बागमती प्रदेशसभा बैठकमा दुई प्रतिवेदन पेश

 

हेटौंडा/  बागमती प्रदेशसभा बैठकबाट बिहिबार दुईवटा प्रतिवेदन पेश भएका छन् ।

विहिबार बसेको दोस्रो बैठकमा दुईवटा बैठक पेश भएका हुन् । बैठकमा शिक्षा, स्वास्थ्य तथा कृषि समितिका ज्येष्ठ सदस्य रजनी अमात्य जोन्छेले प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर समितिको निर्णयको प्रतिवेदन र उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति रमा आले मगरले प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरेका छन् ।

बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया