मकवानपुरमा पनि विद्युतीय राहदानी वितरणको प्रक्रिया सुरु, दैनिक १५ जनाको कोटा

पालिका डायरी
५ पुष २०७८, १७:५१
मकवानपुरमा पनि विद्युतीय राहदानी वितरणको प्रक्रिया सुरु, दैनिक १५ जनाको कोटा

 

हेटौंडा/  जिल्ला प्रशासन कार्यालय मकवानपुरले इ–पासपोर्टको प्रत्यक्ष दर्ता सुरु गरेको छ ।

इ–पासपोर्टको लागि सेवाग्राही आफैँले पनि अनलाइन दर्ता गर्ने सुविधा प्रशासनले प्रदान गरेको छ । काठमाडौं बाहिर पहिलो पटक मकवानपुरले आवश्यक उपकरण र पूर्वाधारको व्यवस्थापन गरी यस्तो सेवा थालेको हो । सुरुमा कम्तीमा दैनिक १५ जनासम्मको दर्ता गरिने र कार्यालयको क्षमता अनुसार सेवा थप गर्ने प्रशासनको योजना छ ।

दर्ता भएको ७ देखि १५ दिनभित्र इ–पासपोर्ट उपलब्ध गराइने प्रशासनले जनाएको छ ।इ–पासपोर्ट लिन अनिवार्य रूपमा राष्ट्रिय परिचय पत्र फाराम भरेर दर्ता गर्नुपर्ने जानकारी प्रमुख जिल्ला अधिकारी भरतमणि पौडेलले बताउनुभयो ।

प्रतिक्रिया