फरक धार भएपनि महामन्त्री शर्मा आशीर्वाद लिन पुगे सिटौला निवास

पालिका डायरी
४ पुष २०७८, १६:५१
फरक धार भएपनि महामन्त्री शर्मा आशीर्वाद लिन पुगे सिटौला निवास

काठमाडौं/  नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले नेता कृष्णप्रसाद सिटौलाबाट आशीर्वाद लिनुभएको छ ।

आइतबार काठमाडौंको चण्डोलस्थित सिटौला निवासमा पुगेर शर्माले नेता सिटौलासंग आशीर्वाद लिनु भएको हो । नवनिर्वाचित महामन्त्री शर्मा र पूर्व महामन्त्री सिटौला दुबैजनाको गृह जिल्ला झापा हो । तर शर्मा र सिटौला कांग्रेसको आन्तरिक राजनीतिमा फरक–फरक कित्तामा छन् । कांग्रेसको १४ औं महाधिवेशनले शर्मालाई महामन्त्रीमा निर्वाचित गरेको हो ।

शर्मा पुस १ गते महामन्त्रीमा निर्वाचित हुनुभएको थियो । शर्मा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बन्नु भएको थियो । सिटौलाको तर्फबाट भने प्रदीप पौडेललाई शेरबहादुर देउवाको प्यानलबाट महमन्त्रीमा उम्मेदवार बनाइएको थियो ।

तर पौडेल पराजित हुनुभयो । शर्मा महामन्त्री भएपछि आफूभन्दा अग्रज नेता सिटौलाको बधाई तथा आर्शिवाद लिन निवासमै पुग्नुभएको हो ।

प्रतिक्रिया