‘मैले हारेँ, प्रधानमन्त्रीबाट हटाउँछन् त्यसैले मलाई जिताउनुस्’ : देउवा

काठमाडौ/ प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई जसरी पनि जिताउन आग्रह गर्नु भएको छ । आधिबासी जनजाती समुदायको प्रतिनिधि गर्ने आज आयोजीत एक कार्यक्रममा बोल्दै सभापति देउवाले महाधिवेशन प्रतिनिधिसँग आफूलाई जिताउन आग्रह गर्नु भएको हो ।
आधिबासी जनजाती विभागले कांग्रेसको १४ औं महाधिवशेन प्रतिनिधित्व गर्न अधिबासी जनजाती समुदायका प्रतिनिधिको छलफल आयोजनना गरेको थियो । छलफलमा बोल्दै सभापति देउवाले आफूले सभापति हारेमा धेरै प्रश्न उठ्ने बताउनु भएको छ ।
‘मैले हारेँ भने मलाई प्रधानमन्त्री बाट हटाउँछन् । त्यसैले मैले जित्नै पर्छ । मलाई जिताइदिनु होला ।’, सभापति देउवाले भन्नुभयो पार्टीको चुनाव पनि नजित्नेले देश कसरी चलाउँछन् भनेर मलाई प्रश्न गर्छन्, ‘त्यही भएर मलाई सरकारबाट हटाउन सक्छन् । मलाई जिताइदिनु होला ।’
प्रतिक्रिया