पालुङ जेसीजको अध्यक्षमा खत्री

पालिका डायरी
२५ मंसिर २०७८, १८:१३

हेटौडा/ पालुङ जेसीजको जारी २१ औं वार्षिक साधारणसभाबाट अध्यक्ष पदमा जयराम खत्री निर्विरोध निर्वाचित भएका छन् ।

अध्यक्ष पदका उम्मेदवारहरु संगम कार्की, निरज रायमाझी र अनिता विष्ट ककस कार्यक्रममा सहभागी नभए पछि निर्वाचन आयुक्त मनोज रायमाझीले खत्री निर्वाचित भएको घोषणा गरेका हुन् । खत्री लगातार ४ वर्षदेखि अध्यक्ष पदमा उम्मेदवारी दिदै आएका व्यक्ति हुन् । खत्री गत वर्ष भएको निर्वाचनमा पराजित भएका थिए ।

यसैगरी, २ कार्यकारिणी उपाध्यक्ष पदमा सुबिन्द्रमान प्रधान र सञ्जय गोपाली निर्वाचित भएका छन् । शनिबार भएको ककस कार्यक्रममा दिपा बल र माधव कार्की सहभागी नभए पछि प्रधान र गोपाली निर्वाचित भएको घोषणा गरिएको हो ।

यसैगरी, चार उपाध्यक्ष पदमा स्वदिप बस्नेत, सन्देश गोपाली, अञ्जय प्रधान र मानसिं दोङ निर्वाचित भएका छन् । उपाध्यक्ष पदका उम्मेदवारहरु सत्यदेवी स्याङ्तान, कमल विष्ट, अनन्त ढकाल, अजय कार्की र अजित कार्की ककस कार्यक्रममा सहभागी नभए पछि सर्वसम्मत निर्वाचित भएका हुन् ।

कार्यक्रमको अवसरमा पूर्व अध्यक्ष सुरेन्द्रमान प्रधानले पालुङ जेसीजको ईतिहास केलाउदै संख्यात्मक रुपमा नभई गुणस्तर सदस्यहरुको वृद्धिमा ध्यान पुर्याउन आग्रह गरे । पूर्व अध्यक्षहरु सहदेव ढकाल, धर्मलाल प्रधान, शिवकुमार खत्री, बिजय अमात्य, प्रदिप प्रधानलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

साधारण सभाले वर्ष २०२१ को आयव्यय प्रतिवेदन, महासचिव, कार्यकारिणी उपाध्यक्षहरु, उपाध्यक्षहरुले प्रस्तुत गरेका प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको महासचिव संगम कार्कीले जानकारी दिए ।

 

प्रतिक्रिया