लागुऔषध खैरो हेरोईन सहित २ जना प्रहरी नियन्त्रणमा

पालिका डायरी
२५ मंसिर २०७८, १८:०८
लागुऔषध खैरो हेरोईन सहित २ जना प्रहरी नियन्त्रणमा

 

हेटौडा/ लागुऔषध खैरो हेरोईन सहित २ जनालाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

शनिबार ६ ग्राम ४८० मिलिग्राम लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित २ जना नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

हेटौडा उपमहानगरपालिका-१५ रातोमाटे चेकप्वाईन्ट स्थितमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले चेकजाच गर्ने क्रममा बिरगंज तर्फबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना ५ ख ४८०२ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्दा उक्त बसमा सवार जिल्ला चितवन रत्ननगर नगरपालिका वडा नम्बर २ टाँडी बस्ने ५२ वर्षिय नारायण खड्कालाई शंका लागी चेकजाच गर्दा निजले लुकाईछिपाई ल्याएको लागुऔषध खैरोहेरोईन जस्तो देखिने पदार्थ ५ ग्राम २८० मिलिग्राम फेला परेको हुनाले निजलाई उक्त लागुऔषध जस्तो देखिने पदार्थ सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो।

प्रतिक्रिया