शेखर कोइराला समूहबाट मिनेन्द्र रिजाल र गगन थापा महामन्त्रीको उम्मेदवार

पालिका डायरी
२५ मंसिर २०७८, १६:१८

 

काठमाण्डाै / नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय अध्यक्षको उम्मेदवारी दिन लाग्नुभएका नेता शेखर कोइरालाको समूहबाट मिनेन्द्र रिजाल र गगन थापा महामन्त्री पदको उम्मेदवार बन्नुहुने भएको छ ।

कोइरालाले आफ्नो टिमको तयारी गर्दै रिजाल र थापालाई उमेदवार बनाउन लाग्नुभएको हो । नेता शेखर कोइरालाको समूहबाट उपसभापतिमा चन्द्र भण्डारीलाई उम्मेदवार बनाउने तयारी रहेको छ । यस्तै अर्का उपसभापतिमा रामशरण महत र महेश आचार्यबारे छलफल भैरहेको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया