११ महिनापछि ओली, दाहाल र नेपाल एउटै मञ्चमा

पालिका डायरी
२४ मंसिर २०७८, १५:३०
११ महिनापछि ओली, दाहाल र नेपाल एउटै मञ्चमा

 

काठमाडौँ/ एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल ११ महिनापछि एउटै फोरमममा देखा परेका छन्।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोहमा ओली, दाहाल र नेपाल एउटै फोरममा देखा परेका हुन्।

गत २०७७ पुस ५ गते पहिलो पटक प्रतिनिधिसभा विघटन गरेसँगै ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा देखिएका थिएनन्।

यसअघि चितवनमा भएको नेकपा एमालेको १०औं महाधिवेशनमा नेपाल र प्रचण्ड सहभागी भएनन्।

प्रतिक्रिया