प्रधानन्यायाधीशले तोके ७७ मुद्दाको पेशी, आफ्नो लागि एकल इजलास

पालिका डायरी
२५ कार्तिक २०७८, ११:१०
प्रधानन्यायाधीशले तोके ७७ मुद्दाको पेशी, आफ्नो लागि एकल इजलास

काठमाडौं / प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सबैखाले मुद्दाको पेशी तोक्नुभएको छ । बिहीबारका लागि सर्वोच्च अदालतमा ९ इजलासमा ७७ वटा मुद्दाको पेशी तोकिएको छ ।

प्रधानन्यायाधीश जबरले आफ्नो एकल इजलाससहित तीन एकल इजलास, एक पूर्ण इजलास र पाँच संयुक्त इजलास तोक्नुभएको छ ।नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीशलाई इजलासमा नबस्न आग्रह गर्दै आएको छ । असन्तुष्ट न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा नहेर्ने निर्णय गरेका छन् ।

यसबीच प्रधानन्यायाधीश जबराले आफ्नो लागि बेञ्च र सबैखाले मुद्दामा पेशी तोक्दै आउनुभएको छ ।

प्रतिक्रिया