हेटौंडामा यात्रु बहाक बस र ट्रक ठोकिदा चालक सहित २ को मृत्यु,१८ जना घाईते

पालिका डायरी
२४ कार्तिक २०७८, ०८:११

 

हेटौंडा । पुर्व पश्चिम सडक खण्ड अन्तर्गत हेटौंडा-११ नवलपुरमा यात्रु बहाक बस र ट्रक एक आपसमा ठोक्किदा २ जनाको मृत्यु भएको छ भने १८ जना घाईते भएका छन् ।

गएराति जनकपुरबाट हेटौंडा हुँदै काठमाण्डौ तर्फ जादै गरेको ना ७ख ८७६ नंबरको यात्रु बाहक बस र बिपरित दिशा बाट आउदै गरेको प्रदेश २ ०३००१ ख ५०३५ नंबरको खाली ट्रक एक आपसमा ठक्कर खादा बसमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

प्रहरीलाई बसमा सवार घाईते यात्रुहरुले बताए अनुसार मृत्यु हुनेमा एक जना बस चालक रहेका छन् । मृत्यु हुनेहरुमा ३० वर्षीय पुरुष र अर्का अन्दाजी ३५ वर्षीय पुरुष रहेका छन् उनिहरुको गएरातिनै हेटौंडा अस्पातलमा उपचारको क्रममा मृत्यु भएको प्रवक्ता रिमालले बताए ।

प्रहरीले ट्रक चालक बारा निजगढ-४ पुरानोटोल बस्ने ३३ वर्षीय टंक बहादुर बिकलाई नियन्त्रणमा लिएको छ ।

यसैगरि दुर्घटनामा १८ जना घाईते भएका छन् । उनिहरुको हेटौंडा स्थित सहकारी अस्पताल मकवानपुर,चुरेहिल अस्पातल र हेटौंडा अस्पतालमा उपचार भईरहेको छ ।

जिल्ला प्रहरी कार्यलय मकवानपुरले दिएको जानकारी अनुसार दुर्घटनामा घाईते भएकाहरुको विवरण:

 

१) जिल्ला महोत्तरी बर्दिवास-१४ बस्ने ३९ वर्षीय ज्ञानेन्द्र चौधरी

२) जिल्ला धनुषा बिदय-३ बस्ने २६ वर्षीय महमद सकिल अमद

३) जिल्ला धनुषा बस्ने ३५ वर्षीय शम्भु दास

४) जिल्ला मकवानपुर मनहरी-९ ज्यामिरे बस्ने ५९ वर्षीय सुर्य ब.सुनार

५) जिल्ला धनुषा सहिदनगर- २ बस्ने २६ वर्षीय प्रवल कुमार यादव

६) जिल्ला धनुषा धनुषा-७ किसनपुर बस्ने २८ वर्षीय सुरेश सदा

७) जिल्ला धनुषा धनैजी-१ औरहि बस्ने २१ वर्षीय शम्भु कुमार महरा

८) जिल्लाधनुषा कमला-२ राधे बस्ने ३९ वर्षीय रविन्द्र मण्डल

९) जिल्ला काभ्रे काभ्रे मण्डन देउपुर-७ बस्ने २९ वर्षीय हरी कुमार श्रेष्ठ

१०) जिल्ला धनुषा मिथिला-९ बस्ने २३ वर्षीय कवि गिरी

११) जिल्ला धनुषा नजक नन्दनी-४ खजुरी बस्ने ३८ वर्षीय विपद दास

१२) जिल्ला धनुषा नजक नन्दनी-३ बस्ने बर्ष २० वर्षीय अल्ताब राईम

१३) जिल्ला धनुषा कमला- २ बस्ने ३७ वर्षीय झगडु सहनी

१४) जिल्ला धनुषा जनक नन्दनी-३ बस्ने ३७ वर्षीय अवताबुल रहमान

१५) जिल्ला धनुषा सहिदनगर-५ बस्ने ३२ वर्षीय जितेन्द्र महरा

१६) जिल्ला धनुषा कमला-२ बस्ने ३६ वर्षीय राम भरौजी मुखिया

१७) गाडीको सहचालक जिल्ला धनुषा जनक नन्दनी-६ बस्ने १९ वर्षीय शुवम झा

१८) ट्रकको सहचालक जिल्ला बारा निजगढ-४ बस्ने २५ वर्षीय बासुदेव गोले

प्रतिक्रिया