वागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

पालिका डायरी
२२ कार्तिक २०७८, १८:३५

हेटौंडा/ वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार पाण्डेले विश्वासको मत पाएका छन् । सोमबार प्रदेशसभामा विश्वासको मत मागेका पाण्डेले १०९ मतमध्ये ५९ मत प्राप्त गरेका हुन् ।

विश्वासको मत पाउन ५५ मत आवश्यकमध्ये उनको विपक्षमा ४३ मत खसेको थियो ।

मुख्यमन्त्री पाण्डेलार्ई प्रदेशसभामा आफ्नो पार्टी नेकपा एकीकृत समाजवादीबाट १३, नेकपा माओवादी केन्द्रबाट २३, नेपाली कांग्रेसबाट २२ र जसपाका १ सांसदले विश्वासको मत दिएका थिए ।

प्रतिक्रिया