बाग्मतीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

पालिका डायरी
२२ कार्तिक २०७८, ०८:५४

 

हेटौंडा/ बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज विश्वासको मत लिँदै हुनुहुन्छ । नवनियुक्त मुख्यमन्त्री पाण्डेले आज ३ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गर्नुभएको हो ।

उहाँ यही कात्तिक ११ गते पाँच दलिय संयुक्त गठबन्धनका तर्फबाट नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

मुख्यमन्त्री पाण्डे नेकपा एकीकृत समाजवादीका बाग्मती प्रदेश संसदीय दलका नेतासमेत हुनहुन्छ । उहाँले विश्वासको मत लिने सम्बन्धि प्रस्ताव यसअघि नै प्रदेश सचिवालयमा दर्ता भइसकेको छ ।

मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाउनका लागि कम्तिमा ५५ सांसदको समर्थन चाहिन्छ । हाल बाग्मती प्रदेशमा १०९ सांसद रहेका छन् ।

पाण्डेलाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको समर्थन रहेको हुँदा उहाँले विश्वासको मत पाउने सम्भावना छ । किनकी गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका २३ जना, नेपाली काँग्रेसका २२ जना, नेकपा एकीकृत समाजवादीका १३ जना र जसपाका १ जनासहित ५९ जनाले मुख्यमन्त्री पाण्डेलाई मत दिनेछन् ।

प्रतिक्रिया