बिनयबाबु स्मृति भलिबल प्रतियोगिताको फाइनल आज फाइनलमा आयोजक र आमभन्ज्याङ भिड्ने

पालिका डायरी
१९ कार्तिक २०७८, ०५:२९

राज कुमार के.सी.

थाहानगर/ विनयबाबु स्मृति प्रतिष्ठान थाहा नगरपालिकाले आयोजना गरेको बिनयबाबु स्मृति रनिङ शिल्ड जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा आयोजक बिनयबाबु स्मृति प्रतिष्ठान र आमभन्ज्याङ युवा क्लब पुगेका छन् ।

बिहिबार भएको सेमिफाइनल खेलमा बिनयबाबु प्रतिष्ठानले नमुना जनजागरण युवा क्लबलाई २५-१८, २५-१४ र २५-११को सोझो सेटमा पराजित गरि फाइनलमा पुगेको हो ।

तेस्तै आमभन्ज्याङ युवा क्लबले नब प्रतिभा युवा क्लब बज्रबाराहीलाई २५-१९, २५-२७, १९-२५, २१-२५ र १५-११ को सेटमा पराजित गरि फाईनलमा प्रबेश गरेका हो । हिजो  भएको  पहिलो सेमिफाईनल खेलमा आमभन्ज्याङ युवा क्लबका खेलाडी बिशाल गोपाली र दोस्रो सेमिफाइनल खेलमा आयोजक बिनयबाबु स्मृति प्रतिष्ठानका खेलाडी उपाश बिष्ट म्यान अफ द म्याच भएका थिए।

कात्तिक १६ देखि भएको भलिबल प्रतियोगितामा १७ टिमको सहभागिता रहेको थियो ।

फाइनल खेल कात्तिक १९ गते बिहान १० बजेदेखि संचालन हुने आयोजक प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीले बताउनुभयो ।

बिजेता टिमले ५१ हजार ५१ रुपैयाँ नगद, शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपबिजेता टिमले २६ हजार २६ रुपैयाँ नगद, शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् ।

तेस्तै समापन समारोहमा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट सटर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट कोच, उदयमान खेलाडी गरि ७ बिधामा सम्मान गरिने प्रतिष्ठानका अध्यक्ष कार्कीले बताउनुभयो ।

प्रतिक्रिया