खेलकुद बिकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ : मन्त्री मोक्तान 

पालिका डायरी
१६ कार्तिक २०७८, २०:१४

 

हेटौंडा/ मबागमती प्रदेशको सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले युवा तथा खेलकुद क्षेत्रको बिकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

मंगलबार थाहा नगरपालिका वडा नम्बर २ फाँटबजारमा आयोजना गरिएको चौंथो बिनय बाबु स्मृति मकवानपुर जिल्ला स्तरिय रनिङ शिल्ड भलिबल प्रतियोगिताको उद्घाटनका क्रममा मन्त्री मोक्तानले खेलकुद सामाजिक बिकासकोलागि महत्त्वपूर्ण भएको बताउनुभयो ।

जिल्ला स्तरिय रनिङ शिल्ड भलिवल प्रतियोगिताको उद्घाटन कार्यक्रममा थाहा नगरपालिकाका राजनितिक सल्लाहकार बिष्णु बिष्ट, माओवादी केन्द्र प्रदेश कमिटि सदस्य प्रकाश पाण्डे, थाहा नगरपालिकाका प्रमुख लबशेर बिष्ट, नेकपा एकीकृत समाजबादीका बागमती प्रदेश सदस्य गौतम बुद्ध लामा, नेकपा एमालेका थाहा नगर अध्यक्ष अच्युतम ढकाल, नेपाली कांग्रेस थाहा नगर उपसभापति नबराज कार्की, नेकपा माओबादी केन्द्रका थाहा नगर अध्यक्ष अरुण रायमाझी, राप्रपा थाहानगर कमिटि अध्यक्ष नबिन रायमाझी, ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख श्रीराम तिमल्सिना, थाहा नगरपालिका वडा नं. १ का अध्यक्ष हेरमान गोपाली, २ का अध्यक्ष गुप्त बहादुर कार्की, वडा नम्बर ३ का अध्यक्ष तथा थाहा नगर खेलकुद बिकास समितिका संयोजक राजेश केसी, वडा नम्बर ४ का अध्यक्ष दिपक सिं लामा लगायतको आतिथ्यता रहेको थियो ।

बिनयबाबु स्मृति प्रतिष्ठान थाहा नगरपालिकाको आयोजनामा भएको भलिवल प्रतियोगिताको स्वागत मन्तब्य कार्यक्रम संयोजक शंकर लो गर्नुभएको थियो भने कार्यक्रम संचालन प्रतिस्ठानका उपाध्यक्ष शेखर कार्कीले गर्नु भएको थियो ।

३ दिनसम्म संचालन हुने प्रतियोगिताको उद्घाटन कार्यक्रम प्रतिस्ठानका अध्यक्ष शंकर कार्कीको अध्यक्षतामा भएको थियो ।

१७ टिम सहभागि भएको प्रतियोगिताको आज मंगलबार भएको खेलमा गैरिगाउ शसक्त युवा क्लब हेटौंडा, फुफु म्हेन्दो युवा क्लब थाहा ७, बिनय बाबु स्मृति प्रतिस्ठान थाहा २, मेत्तोक युवा क्लब थाहा २, हिमाली डाँफे युवा क्लब मार्खु, नब प्रतिभा सांस्कृतिक युवा क्लब आमभन्ज्याङ बिजयी भएका छन् ।

भोलि बुधबार बिहान ७ बजेदेखि लिग चरणको खेल हुने आयोजकले बताएका छन ।

प्रतिक्रिया