राष्ट्रको अध्ययन भन्छ- ‘आधाभन्दा धेरै वित्तीय कारोबार वाग्मती प्रदेशमा

पालिका डायरी
१५ कार्तिक २०७८, २१:०१
राष्ट्रको अध्ययन भन्छ- ‘आधाभन्दा धेरै वित्तीय कारोबार वाग्मती प्रदेशमा

 

हेटौंडा / मुलुकभर सञ्चालनमा रहेको कुल वित्तीय कारोबारका आधाभन्दा बढी वाग्मती प्रदेशमै केन्द्रीत रहेको राष्ट्र बैंककै एक अध्ययन प्रतिवेदनले देखाएको छ । मुलुक संघियतामा गएसँगै वित्तीय कारोबार पनि विकेन्द्रीत गर्ने भनिएपनि व्यवहारमा अझै हुन नसकेको अध्ययनले औंल्याएको छ ।

राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ‘नेपालको संघिय संरचना अनुसार वित्तीय साधन परिचालनको स्थिति पहिचान’ सम्बन्धी अध्ययनले यस्तो देखाएको हो । ‘अध्ययनमा राष्ट्र बैंकबाट अनुमति प्राप्त क’, ख’ र ग’ वर्गका बैंक तथा वित्तीय संस्थामा पहुँच तथा साधन परिचालन वाग्मती प्रदेशमा अधिकेन्द्रित रहेको देखाएको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा न्यून देखिएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘आर्थिक वर्ष २०७७र७८ मा बैंक तथा वित्तीय संस्थाको कुल शाखा संख्यामध्ये सबैभन्दा बढी ९३४ प्रतिशत० बाग्मती प्रदेशमा र सबैभन्दा कम ९४ प्रतिशत० कर्णाली प्रदेशमा रहेको छ ।’

यस्तै, बैंक तथा वित्तीय संस्थाबाट परिचालन भएको कुल निक्षेपको ६८।१ प्रतिशत र कुल कर्जाको ५६।६ प्रतिशत वाग्मती प्रदेशमा रहेको प्रतिवेदनमा उल्लेख छ । कर्णाली प्रदेशमा निक्षेप परिचालन र कर्जा प्रवाह दुवै न्यून रहेको देखिएको छ ।

अध्ययनले मूलतः प्रदेशगत आधारमा वित्तीय संस्थाहरूको पहुँच, निक्षेप परिचालन र कर्जा प्रवाहको स्थिति विश्लेषण गरेको छ । यसबाहेक गरिब, विपन्न, बेरोजगार र महिलालगायतले सञ्चालन गरेका व्यवसाय प्रवर्द्धन गर्न कार्यान्वयनमा ल्याइएको सहुलियतपूर्ण कर्जा तथा पुनरकर्जा सुविधाको समेत प्रदेशगत विश्लेषण गरिएको छ । वित्तीय पहुँच र साधन परिचालनको विश्लेषणमा सम्पूर्ण बैंक तथा वित्तीय संस्था, गैरबैंकिङ वित्तीय संस्था र सहकारी संस्थाहरूसमेत समेटिने भएतापनि अध्ययन मूलतः वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको शाखा विस्तार र कारोबारमा केन्द्रित रहेको बताइएको छ । यस्तै, अन्य वर्गका वित्तीय संस्थाको तुलनामा लघुवित्त वित्तीय संस्थाको

वित्तीय पहुँच तथा वित्तीय स्रोत परिचालन प्रदेशगत रूपमा बढी सन्तुलित देखिएको अध्ययनले देखाएको छ ।

‘पछिल्ला वर्षहरूमा बाग्मती प्रदेशको तुलनामा अन्य प्रदेशमा साधन परिचालन क्रमिक रूपमा विस्तार भइरहेको अध्ययनले देखाएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘सहुलियतपूर्ण कर्जा र पुनर्कर्जाको पहुँच बाग्मतीबाहेकका प्रदेशहरूमा उत्साहजनक रूपमा बढेको छ ।’

यस्तै, औद्योगिक उत्पादन, कृषि तथा अन्य प्राथमिकताप्राप्त क्षेत्र कर्जाको वितरण क्रमिक रूपमा सन्तुलित हुँदै गएको छ । तथापि, वित्तीय पहुँच न्यून रहेका प्रदेशहरूमा साधन परिचालन अभिवृद्धि गर्न माग पक्षमा सुधार गर्नुपर्ने अध्ययनले औंल्याएको छ ।

वित्तीय पहुँच अभिवृद्धि गर्दै भौगोलिक र प्रादेशिक आधारमा समेत वित्तीय संस्थाको उपस्थिति र साधन परिचालन प्रभावकारी बनाउने कार्य आफूहरुको प्राथमिकतामा रहेको राष्ट्र बैंकले दाबी गरेको छ । इकान्तिपुरबाट ।

प्रतिक्रिया