छोरी र बाउ बोकेर गल्ती गरियो अब गरिँदैन : ओली

पालिका डायरी
१५ कार्तिक २०७८, २०:२०
छोरी र बाउ बोकेर गल्ती गरियो अब गरिँदैन : ओली

 

चितवन । ‘छोरी बोकेर कांग्रेसले बढ्तै फुर्ती देखाएको थियो, हामीले पनि लौन त भनेर बाउ बोकेको । अब त्यस्तो गल्ती गर्नु हुँदैन । जनताले एकपटक धोका पाए । म त झुक्किएर दुई/दुई पटक भोट माग्न आएँ । अब त्यो जमना गयो ।’

सोमबार चितवनमा आयोजित प्रथम महानगर अधिवेशनमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली यसरी नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र छाेरी रेणु दाहालविरुद्द उत्रिए ।

अध्यक्ष ओलीले चितवन महानगरकी मेयर रेणु दाहालमाथि पनि खबरदारी गरे । उनले भने, ‘फेरि मतपत्र च्यात्ने सपना नदेखे हुन्छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले पाँच दलीय गठबन्धनलाई आगामी निर्वाचनमा पराजित गर्ने पनि बताएका छन् ।

चैतमा स्थानीय तहको निर्वाचन हुने भन्दै स्थानीय तहको निर्वाचनमा अन्य दललाई धोबीले लुगा पछारेको जस्तरी पछार्नुपर्ने बताए ।
‘यो सरकार चल्दै जाने र लुतो लागेको कुकुर जस्तै खुइलिँदै जान्छ । एमालेले चाहे यो सरकार सात दिनमा ढाल्न सक्छ तर, हामी सरकार ढाल्न हतारो गर्दैनौँ । जनतालाई सचेत पार्न अगाडि बढ्छौँ ।’

प्रतिक्रिया