हेटौंडाका बल र लामा पक्राउ

पालिका डायरी
१५ कार्तिक २०७८, १२:४७

 

हेटौंडा – मकवानपुर प्रहरीले चोरी मुद्दाका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नं. १५ बस्ने किरण बल र सोही वडाका बिज्ञान लामालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

जिल्ला अदालत मकवानपुरको मिति २०७८।०१।१६ गतेको फैसलाले चोरी मुद्दामा २ महिना ६ दिन कैद र ५ हजार जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी बल र लामालाई पक्राउ गरिएको हो । दुबैलाई आवश्यक कारवाहीको लागी सम्मानित जिल्ला अदालत मकवानपुर उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 

 

प्रतिक्रिया