शेरबहादुरको दाबी : सहमतिमा नेतृत्व चयन हुन्छ, भोलि नै महाधिवेशन सकिन्छ

पालिका डायरी
११ मंसिर २०७८, १८:४८

नेकपा एमालेका कार्यालय सचिव  शेरबहादुर तामाङले नेकपा एमालेले महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुने बताएका छन् । तामाङले तोकिएकै समयमा भोलि १२ गते महाधिवेशन सक्ने दाबी गरेका हुन् ।

उनले महाधिवेशन सम्पूर्ण रूपमा सहमतिमा नेतृत्व चयन गरेर १२ गते समापन हुने पनि बताए । एमालेमा सहमतिमा नेतृत्व चयनको पहल गरिरहेको भएपनि ठोस आकार भने आइसकेको छैन । भीम रावलले अध्यक्ष पदको उम्मेदवारबाट ब्याक नहुने बताइरहेका छन् । एमालेको महाधिवेशन शुक्रबार उद्घाटन भएको थियो भने अहिले बन्दसत्र जारी रहेको छ ।

प्रतिक्रिया