अदालतलाई युद्ध मैदान बनाइयो : नेपाल बार, घटनालाई अन्तर्राष्ट्रियकरण गर्ने चेतावनी (विज्ञप्तिसहित)

पालिका डायरी
२ मंसिर २०७८, १६:००

 

काठमाडौं/  नेपाल बार एसोसिएसनले अदालतलाई युद्ध मैदान बनाइएको जनाएको छ । नेपाल बारद्वारा बिहीबार जारी विज्ञप्तिमा सर्वोच्च अदालतमा युद्धमा प्रयोग हुने एसएलआरजस्ता हतियार प्रवेश गराइएको उल्लेख छ ।

बार अध्यक्ष चण्डेश्वर श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा सर्वोच्च अदालत परिसरमा दंगा प्रहरीको प्रवेश बन्द गर्न पनि माग गरिएको छ । त्यसो नगरिए उक्त घटनालाई अन्तर्राष्ट्रियकरण गर्ने नेपाल बारको चेतावनी छ ।

प्रतिक्रिया