सर्वोच्च अदालतमा देखिएको विवाद केही दिनमै समाधान हुन्छ : अध्यक्ष दाहाल

पालिका डायरी
१ मंसिर २०७८, १३:५२
प्रतिनिधि सभा विघटनपछि आत्महत्या गर्ने कि लड्ने भन्ने अवस्थामा पुगेकाे थिएँ : अध्यक्ष दाहाल file photo

 

काठमाडौं/  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतमा विवाद केही दिनमै समाधान हुने विस्वास व्यक्तल गर्नुभएको छ ।

जनकपुर विमान स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले पाँच दलीय गठबन्धनको समन्वयन समितिको हिजो बसेको बैठकको समेत त्यही नै ठहर रहेको बताउनुभयो । उहाँले सर्वोच्च अदालतको विवाद सर्वोच्च अदालतबाटै समाधान होस् भन्ने पाँच दलीय गठबन्धनको मनसाय रहेको बताउनु भएको हो ।

अध्यक्ष दाहालले आगामी निर्वाचनमा समेत अहिले बनेको गठबन्धन मिलेर नै जाने बताउँदै हिजोको गठबन्धनको निर्णय समेत भएकोले आफुहरु त्यही अनुसार अगाडि बढनेमा प्रतिवद्ध रहेको बताउनु भयो ।

प्रतिक्रिया