हुन्डी कारोबारमा संलग्न भएको आरोपमा कालिमाटी तरकारी बजारबाट १६ लाख रुपैयाँसहित एक जना पक्राउ

पालिका डायरी
२८ कार्तिक २०७८
हुन्डी कारोबारमा संलग्न भएको आरोपमा कालिमाटी तरकारी बजारबाट १६ लाख रुपैयाँसहित एक जना पक्राउ

 

काठमाडौं/ हुन्डी कारोबारमा संलग्न भएको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले एक जनालाई पक्राउ गरेको छ।

कालिमाटी फलफुल तथा तरकारी बजारका व्यवशायी सप्तरीको मलेपुर गाउँपालिका-५ स्थायी घर भएका अमरनारायण दास पक्राउ परेका हुन्।

२५ वर्षीय दासको साथबाट १६ लाख २० हजार ९ सय रुपैयाँ बरामद भएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया