मकवानपुरका २ युवा लागुऔषध गाँजा सहित रौतहटमा पक्राउ

पालिका डायरी
२७ कार्तिक २०७८, २०:१४
मकवानपुरका २ युवा लागुऔषध गाँजा सहित रौतहटमा पक्राउ

रौतहट / रौतहट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटलाई पाएको विशेष सूचनाको आधारमा उक्त कार्यालयबाट चेकजाँचमा खटिएका प्रहरीले शुक्रबार बिहान करिब साढे ९ बजेको समयमा गौर नगरपालिका वडा नम्वर ४ स्थित शिवांगी पेट्रोल पम्पको उत्तर तर्फ पार्किंग गरी राखिएको ना ८ ख ५९४३ नम्वरको मिनी ट्रकमा लागुऔषधको १२ वटा पोका बरामद भएको रौतहट प्रहरीको एसपी विनोद घिमिरेले जानकारी दिए। बरामद भएको प्रत्येक पोकामा साढे १५ किलोग्रामको दरले १२ वटा पोकामा १८६ किलोग्राम गाँजा बरामद गरिएको छ ।

गाँजा संग मिनी ट्रक चालक मकवानपुरको थाहा नगरपालिका १२ घर भएका वर्ष २५ का सिकिन्द्र गोले र सोही वडा घर भएका १९ वर्षका रिक्तम तामाङलाई नियन्त्रणमा लिएको जानकारी दिदै एसपी घिमिरेले लागुऔषध हो भनेर कसैलाई बुझ्न नदिन फल्स बटम बनाएर १२ वटा पोका तराय पारिएर गौर सम्म ल्याउन सफल भएपनि विशषे जानकारीको आधारमा उनीहरुको योजनालाई विफल बनाउन सफल भएको उनले स्पष्ट पारे ।

ठूलो परिमाणमा बरामद गरिएको लागुऔषध सहित नियन्त्रणमा रहेका दुई जनालाई जिल्ला अदलात गौरबाट लागुऔषध मुद्दामा न्यायीक हिरासतमा राखि आवश्यक अनुसन्धान गर्न म्याद थप गरिएको उनले बताए ।

 

प्रतिक्रिया