‘विप्लव’ नेतृत्वको नेकपाले भन्यो, ‘माओवादीसँग एकताका लागि कुनै छलफल भएको छैन’

पालिका डायरी
२७ कार्तिक २०७८, १८:१५

 

काठमाडौं / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेकपा माओवादी केन्द्रसँग एकताका लागि कुनै छलफल नै नभएको स्पष्ट पारेको छ ।

शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेकपाका नेता धर्मेन्द्र बास्तोलाले चुनावमा पराजय हुने डरले माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले नेकपासँग एकताको कुरा गरेको हुनसक्ने भन्दै आफ्नो पार्टीभित्र कुनै छलफल नभएको बताएका हुन् ।

माओवादी केन्द्रको अबको चुनाव बिग्रने र प्रचण्डले पनि एक्लै चूनाव नजित्ने उनले बताए । बास्तोलाले वैज्ञानिक समाजवादका जानका लागि मात्र नेपालमा बृहत कम्युनिष्ट एकता हुनसक्ने तर्क गरे । त्यस्तै उनले न्यायलयमा देखिएको दृश्यले दुखित् तुल्याएको भन्दै न्यायलयमा देखिएको घटना दलाल पूँजिवादी व्यवस्थाको उपज भएको जिकिर गरे ।

उनले आफूहरुले वर्तमान संसदीय व्यवस्था परिवर्तका लािग जनमत संग्रहको चूनाव गर्नुपर्ने भन्दै जनमत बिनाको चूनावमा सहभागी हुन नसकने बताए । त्यस्तै बास्तोलाले जनतालाई मारमा पर्ने गरि पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धि फिर्ता लिनुपर्ने भन्दै आन्दोलन घोषणा गरिएको जानकारी दिए ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धिले सबै क्षेत्रमा प्रभाव पर्ने भन्दै कुनै पनि हालतमा सरकारले मूल्यबृद्धि फिर्ता लिनुपर्ने उनले बताए । त्यस्तै उनले पेट्रोलियम पदार्थमा सरकारले लिएको कर निकै बढी भएको र निगमबाट राज्यमा बस्ने व्यक्तिले फाइदा लिएको आरोप लगाए ।

उनले आफूहरुको अबको आन्दोलन शान्तिपूणरुपमा हुने बताए । नेता बास्तोलाले सरकारले आफूहरुसँग गरेको तीन बुँदे सहमति अझै कार्यान्वयन नभएको गुनासो गरे ।

प्रतिक्रिया