आधा घण्टामा अदालत परिसरबाट सुरक्षाकर्मी हटाउनु, नभए राम्रो हुन्न!’

पालिका डायरी
२६ कार्तिक २०७८, १४:२५

 

काठमाडौं । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले गृहमन्त्री बालकृष्ण खाँणलाई फोन गरेका छन् ।

उनले टेलिफोन गरेर सर्वोच्च अदालत परिसरबाट सुरक्षाकर्मीहरु आधा घण्टाभित्र हटाउन आग्रहसमेत गरेको बताइएको छ । शुक्रबार बिहानैबाट सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरुको प्रदर्शन भइरहेको छ ।

उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश नै गर्न नदिने रणनीतिका साथ विरोध जनाइरहेका छन् । यद्यपि प्रधानन्यायाधीश जबरा आफ्नो कार्यकक्षमा पुगिसक्नुभएको छ ।

कानुन व्यवसायीहरुको प्रदर्शन रोक्न रोक्न सर्वोच्च परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् । उक्त सुरक्षा कमी नहटाए राम्रो नहुने भन्दै गृहमन्त्रीलाई अधिवक्ता कार्कीले फोन गरेको बताइएको छ ।

उनले गृहमन्त्री खाडलाई फोनमा आधाघण्टा भित्र सुरक्षाकर्मी नहटाए राम्रो नहुने भन्दै धम्कीपूर्ण अभिव्यक्ति दिएको बताइएको छ ।

प्रतिक्रिया