शहीद स्मारक ए डिभिजन लिग मंसिर ३ गतेबाट सुरू हुने

पालिका डायरी
२५ कार्तिक २०७८, १९:४७
शहीद स्मारक ए डिभिजन लिग मंसिर ३ गतेबाट सुरू हुने

काठमाडौं/ यही कात्तिक २९ गतेबाट हुने भनिएको शहीद स्मारक ए डिभिजन लिग–२०७८ मंसिर ३ गतेबाट मात्र सुरू हुने भएको छ । अब चार दिन पछि सरेको लिगका खेलहरू शुक्रबार, शनिबार र आइतबार मात्र हुने भएको छ ।

मंसिर ३ गते साँझ ५ बजे लिगको पहिलो खेलमा सातदोबाटो युवा क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । यसपटकको ए डिभिजन लिग विभिन्न चारवटा मैदानमा गर्ने तयारी गरिएको छ ।

लिगमा १४ टिमले सहभागिता जनाउँदै छन्, भने लिगमा १३ राउण्डको ९१ खेलबाट लिगको विजेता टुंगो लाग्ने छ ।

प्रतिक्रिया