प्रधानन्यायाधीश जबरा तीन न्यायाधीशसँग बसे वार्तामा

पालिका डायरी
१४ कार्तिक २०७८, १८:११

 

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पदबाट सम्मानजनक बहिर्गमन हुन तयार रहेकाे भनेपछि अहिले आन्दोलनरत न्यायाधीशतर्फका तीन न्यायाधीशसँग प्रधानन्यायाधीश वार्तामा रहेको बुझिएको छ ।

वार्तामा आन्दोलनरत न्यायाधीशहरूका तर्फबाट न्यायाधीशत्रय सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र मनोज शर्मा रहेका छन् ।

वार्ता गर्न गठन गरिएको समितिले प्रधानन्यायाधीशको स्पष्ट धारणा बुझेर जानकारी दिने भनिएको छ ।

कालो पट्टि बाँधेर विरोधमा उत्रिएपछि प्रधानन्यायाधीशले आफू पदबाट राजीनामा दिन तयार रहेको भनेपछि विरोधमा रहेका न्यायाधीशहरुले वार्ता टोली गठन गरेका थिए ।

प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने न्यायाधीशहरुको अडान रहेको छ ।

प्रतिक्रिया