प्रधानन्यायाधिश राणाविरुद्धको आन्दोलन आजबाट थप बलियो वकिलहरुले सर्वोच्च अदालतमा कालोपट्टी बाँधेर प्रदर्शन गर्दै

पालिका डायरी
१४ कार्तिक २०७८, ०८:२०

 

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले आजदेखि सर्वोच्च अदालतमा विरोध कार्यक्रम गर्दैछ ।

एशोसिएसनले आज बिहान १० बजेदेखि ११ बजेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोधको कार्यक्रम गर्न लागेको हो । विरोधको यो कार्यक्रम आजदेखि तीन दिनसम्म चल्नेछ ।

प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसनले ५ दिनभित्र राजिनामा दिन अल्टिमेटम दिएको छ ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार सर्वोच्चले १६ गते सर्वोच्च अदालत परिसरमा धर्ना तथा विरोधसभा गर्ने निर्णय गरेको छ । १६ गतेसम्म पनि राजीनामा नआए विरोधका थप कार्यक्रम घोषणा गर्ने नेपाल बारले जनाएको छ ।

यसैबिच, प्रधानन्यायाधीशको राजीनामा माग्दै चार दिनदेखि इजलास बहिष्कार गरिरहेका न्यायाधिशहरुले आज थप रणनीति तय गर्ने भएका छन् ।

इजलास बहिष्कार गरेर विदामा बसेका न्यायाधिशहरु आज सर्वोच्चमा उपस्थित भएर छलफल गर्दैछन् । सोही छलफलपछि प्रधानन्यायधिश राणाविरुद्ध थप दबाबका कार्यक्रम आउनसक्ने बताईएको छ । न्यायाधिशहरुले गत आइतवारदेखि इजलास तथा फुलकोर्ट बैठक समेत बहिष्कार गरिरहेका छन् ।

प्रतिक्रिया