कांग्रेस नेतृत्वको सरकारसँग सहकार्य गर्नु निकै कठिन भयो : उपेन्द्र यादव

पालिका डायरी
१४ कार्तिक २०७८, ०७:१०

 

काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस नेतृत्वको सरकारसँग सहकार्य गर्नु निकै कठिन भएको बताएका छन् ।

शनिबार जसपा निकट गैर भौगलिक विशेष प्रदेश समितिले काठमाडौंमा गरेको कार्यक्रममा यादवले बहुदल आएपछिको सबै बिकृति फैलाउने दल कांग्रेस भएको आरोप लगाउदै कांग्रेस नेतृत्वको सरकारसँग सहकार्य गर्नु निकै कठिन भएको बताएका हुन् ।

कांग्रेससँग बिकृतिबाहेक केही नभएको उनको भनाइ छ । उनले सरकार गठन भएको तीन महिनापछि मात्र आफ्नो पार्टी सरकारमा सहभागी भएकोे भन्दै तीन महिनाभित्र कांग्रेसले थाहा नै नदिइकन आफू निकट व्यक्ति मात्र भर्ती गरेको आरोप लगाए ।

यादवले आफ्नो पार्टीले जनताको पक्षमा अधिकतम काम गर्ने बताए । उनले अहिले मुलुकको आर्थिक परिवर्तनका साथै सांस्कृतिक र सामाजिक परिवर्तन जरुरी रहेको बताए ।

प्रतिक्रिया