हेटौंडामा नेता पोखरेल एक घण्टा लामो भाषणः अधिंकाश समय अध्यक्ष केपी ओलीको कामहरुको चर्चा

पालिका डायरी
१३ कार्तिक २०७८, १८:५०

 

हेटौंडा । एमाले हेटौंडा उपमहानगरपालिकाको प्रथम अधिवेशनलाई उद्घाटन गर्न आएका नेकपा एमाले स्थायी कमिटी सदस्य एवं लुम्बिने प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेले एक घण्टा बढी लामो भाषण गरेका छन् ।

अधिवेशनलाई उद्घाटन गर्दै नेता पोखरेले एक घण्टा बढी लामो भाषण गर्दा अधिकाशं समय पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा गरेको कामहरुको चर्चा गरे ।

 

अहिले देशको राष्ट्रिय राजनीति दुई ध्रुबमा बाँडिएको बताउँदै नेता पोखरेले भनेः देशको राजनीति दुईवटामा कित्तामा बाडिएको छ । एउटा कित्ताको नेता हाम्रो पार्टीको अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ । अर्को कित्ता केपी शर्मा ओली बिरोधी कित्ता अर्थात नेकपा एमाले विरोधी कित्ता हो । उनिहरुको कुनै विचार छैन । कुनै प्रकारको उदेश्य छैन् । कुनै प्रकारको गन्तव्य छैन । एक मात्र उदेश्य एमालेलाई कमजोर पार्ने । तर सक्ने वाला छैन् । एमाले संग यो ताकत छ,सामथ्र्य छ । उनिहरु जतिसुकै गठबन्धन गरेपनि एमाले कमजोर पार्न सक्ने वाला छैन । उनिहरुले ठानेका थिए एउटा अध्यादेश ल्याएर एमालेलाई विभाजन गरेपछि एमाले कमजोर हुन्छ भनेर ठानेका थिए म तपाईहरुलाई के भन्न चाहान्छु भने एमालेलाई कमजोर पार्ने षडेन्त्रको सामाना गर्ने क्रममा एमालेका नेता कार्यकर्ता हिजोको एमाले भन्दा आजको एमालेलाई अझ सशक्क्त र बलियो बनाउन सफल भएका छौ । एमाले कमजोर भएको छैन । अझ सुदृड भएको छ । अझ बलियो भएको छ,भन्ने कुरालाई तपाई हामी सबैले बुझ्नु पर्ने भएको छ ।

नेता पोखरले गठबन्धनको कुनै उदेश्य,लक्ष्य,गन्तव्य नभएको बताए । उनले एमाले विरुद्ध सबै पार्टीहरु मिलेर लागेको बताए । उनले संसद र पार्टीले सहयोग नगरेको कारण अध्यक्ष ओलीले जनतामा जाने तयारी गरेपछि विपक्षहरु डराएर गठबन्धन गरेको बताए । उनले भनेः नेकपा एमालको नेतृत्व जनतामा जान खोज्यो,जनतामा जाँदा खेरी आफ्नो सर्वनास पराजय देखेको हुनाले उनिहरु डरले गठबन्धन गरेका हुन् । अरु केहि पनि होईन । अहिलेको गठबन्धन जनतामा जान डराउने कायरहरुको गठबन्धन हो ।

नेता पोखरेलले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको एक भनाइप्रति टिप्पणी गरेका छन् । ९ असोज २०७८ हेटौंडामा भएको एकीकृत समाजवादी मकवानपुरको जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आउँदो चुनावको नतिजाले एमालेलाई र्टच बालेर खोज्नुपर्ने दिन आउने दाबी गरेका थिए । एमाले नेता पोखरेलले आज हेटौंडा एमाले नगर अधिवशेनलाई सम्बोधन गर्दै जवाफ फर्काएका छन् ।

‘मैले एकजना नेताले भनेको सुने अब नेकपा एमालेलाई टर्च बालेर खोज्नुपर्छ भन्ने अभिव्यक्ति । भर्खर चोईटिएर गएको नेताले भनेको सुने । नेता पोखरेले भने,दया लाग्छ उहाँको पार्टीलाई टर्च बाल्दा पनि भेटिदैन् । टर्च बालेर खोज्नुपर्ने कुरै छोड्दिनुहोस् । किन बेकारमा टर्च बाल्नुपर्यो जस्को भविष्यनै छैन् । टर्च बाल्ने उर्जा किन खर्च गर्ने भन्नु त? त्यो त क्षण मात्र हो । आज जो जो समाजवादी भएका छन् कस्तो विचित्रको समाजवादी भन्नु त ? कांग्रेसको नेतृत्वमा समाजवादको यात्रा । बडा फोटो छापेको देख्नु हुन्छ त ,शेर बहादुर देउवाको नेतृत्वमा समाजवादको यात्रा । लाज पनि लाग्नु पर्ने हो । देउवाले समाजवाद ल्याईदिने त्यसपछि हाम्रा साथिहरु समाजवाद खाने,थाप्ने । सम्भव छ ? यो भन्दा अर्को मजाक जनता माथि के हुन्छ ? भन्नु त । हिजो चुनावमा भोट माग्दा यि साथिहरुले के भनेर मागे ? कांग्रेसले यो मुलुकको भलो गर्दैन कांग्रेसलाई हैन,हामीलाई भोट हाल्नुहोस् भनेको हाईन ? कांग्रेसले भलो गर्दैन भनेर भोट माग्ने अहिले त्यहि कांग्रेसलाई नेता बनाएर कुर्सी खोज्न हिड्ने भनेपति जनता माथि गद्दारी हैन ? जनता माथि गद्दारीको सजाए गद्दारी गर्नेहरुले पाउँछन् । त्यसमा हामीले कुनै प्रकारको चिन्ता गर्नुपर्ने जरुरी छैन । जनताले हिसावकिताब गरेर बसेका छन् ।’

उनले एमाले संग लक्ष्य,गन्तव्य र बलियो संगठन भएको बताउँदै देशको हितमा बोल्ने काम गर्ने पार्टी एमाले मात्र भएको बताए । उनले एकैपटक देशभर वडा अधिवेशन र पािलका अविशेन भएको जानकारी दिए । उाले कार्यकर्ताले आफ्नो नेता आफै बनाउन एकैपटक अधिवशेन गरिएको बताए । उनले वडा र पालिका अधिवेशन एमाले संग ताकत छ भन्ने पुष्टि गरेको बताए ।

उनले एमाले संग लक्ष्य,गन्तव्य र बलियो संगठन भएको बताउँदै देशको हितमा बोल्ने काम गर्ने पार्टी एमाले मात्र भएको बताए । उनले एकैपटक देशभर वडा अधिवेशन र पािलका अविशेन भएको जानकारी दिए । उाले कार्यकर्ताले आफ्नो नेता आफै बनाउन एकैपटक अधिवशेन गरिएको बताए । उनले वडा र पालिका अधिवेशन एमाले संग ताकत छ भन्ने पुष्टि गरेको बताए ।

उनले पार्टी अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय राजनीतिमा नेताले नेता बनाएको नेता नभई कार्यकर्ताले बनाएको नेता रहेको समेत बताए । उनले भनेः सामान्यता पार्टीमा नेता कसरि निमार्ण हुन्छ भन्दा खेरी नेताले नेता बनाउँछ । केपी शर्मा ओली नेपालको राजनीतिमा त्यस्तो नेता हो जो जमिनबाट उठेर,नेताले होईन कार्यकर्ताले बनाएको नेता हो । तपाईहरुले भन्नुहोला कसरी ? उहाँ सबैभन्दा पहिले संसदीय दलको नेता हुनु भो । को संग प्रतिस्पर्दा भन्दा खेरी पार्टीको अध्यक्ष संग प्रतिस्पर्दा गरेर संसदीय दलको नेता हुनु भो । कस्ले बनायो भन्दा सांसदले बनायो । नेताले बनाएको हैन । नेताले त अध्यक्षलाई उम्मेद्वार बनायो । त्यसपछाडी महादिवेशनमा त्यो व्यक्ति संग प्रतिस्पर्दा गरेर अध्यक्ष हुनु भो जस्ले तीनतीन पटक यो पार्टीको नेतृत्व गर्या थो । १५ १६ वर्ष पार्टीको महासचिव भएको व्यक्ति संग प्रतिस्पर्दा गरेर त्यो प्रतिस्पर्दामा जितेर नेता भएको नेता हो केपी शर्मा ओली । कुनै नेताले नेता बनाएको नेता हैन कार्यकर्ताले रुचायर बनाएको नेता हो । त्यसअर्थमा नेताले नेता बनाएकाहरु र कार्यकर्ताहरुले नेता बनाएकाहरुबीच अन्तर हुन्छ । नेताले नेता बनाएका नेताहरु संकटका बेला गल्छन् । कार्यकर्ताहरुले बनाएको नेताहरु संकटका बेला अझ खरो सावित हुन्छन् । जसरी आगोमा सुन चम्कन्छ त्यसरी कार्यकर्ताले निमार्ण गरेको नेता संकटका बेला अझ प्रभावकारी हुन्छ,अझ सक्षम हुन्छ । आज हाम्रो राष्ट्रिय राजनीतिमा हाम्रो अध्यक्षले त्यही कुरा सावित गर्नुभएको छ र हामी गर्वका साथ यो पार्टीको नेताको रुपमा हाम्रो अध्यक्षलाई पाएका छौ । त्यसअर्थमा यो पार्टीको भविष्य अगाडी बढ्छ । भन्ने कुराको विश्वास गर्छौ ।

उनले केपी ओली पार्टी अध्यक्ष भएपछि राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका रहेको बताए । उनले नेपालमा भारतले संविधान जारी रोक्न आउँदा अध्यक्ष ओलीको अडानले संविधान जारी भएको स्मरण गरे । उनले नेपालमा संविधान जारी भएपछि भारतले नेपाललाई नाकाबन्दी गर्दा कांग्रेस,माओवादी मौन रहेको अवस्थामा केपी ओलीले भारत विरुद्ध बोलेको बताए । उनले अध्यक्ष ओली प्रधानमन्त्री भएपछि ओलीले नेपाललाई कसैले नाकाबन्दी लगाउन नसक्ने गरी उत्तरी छिमेकी चीन संग व्यापार तथा पारवान सम्झौता गरेर अघि बढ्ने नीति सुरुवात गरेको बताए । उनले उक्त सम्झौताले चीनको बन्दरगाहा प्रयोग गर्ने अधिकार सुनिश्चत गरेको बताए ।

उनले माओवादी नेताहरुले कुलमान घिसिङले लोड सेडिङ अन्त्य गरेको भनेर प्रचार गरेको बताए । उनले नेपालमा लोड सेडिङ अन्त्य गर्नको लागि तत्कालिन प्रधानमन्त्री ओलीको महत्वपूर्ण भूमिका रहेको समेत बताए । उनले ओलीले भारत संग विजुली खरिद गर्ने सम्झौता गरेर देशमा लोड सेडिङ अन्तय गर्ने आभार तय भए संगै लोड सेडिङ अन्त्य भएको स्मरण गरे ।

उनले अध्यक्ष ओली संग देश विकास गर्ने नीति,नेतृत्व,योजना भएको बताए । उनले ओलीकै कारण पाईपलाईनबाट पेट्रोलियम पदार्थ आएको बताए । उनले ओलीकै कारण भारतले मिचेको भूमी फिर्ता ल्याउने कामको सुरुवात भएको बताए । उनले ओली सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेक सहितको नक्सा प्रकाशित गरेको र नेपालको संसदमा प्रस्तुत गरेर निशान छापमा सर्व सम्मत रुपमा पारित गर्ने काम गरेको बताए । उनले नक्सा प्रकाशित र पारित गर्ने कुरा नेपालको ईतिहासमा राष्टियताको सवालमा शक्तिशालि कदम रहेको र त्यसको नेतृत्व ओलीले गरेको बताए । उनले ओली सरकारको पालामा पूर्व पश्चिम लोकमार्गलाई चार लेनको सडक एसिएन हाईवेको रुपमा बनाउने प्रकियाको सुरुवात देखि मदन भण्डारी लोकमार्ग,पुष्पलाल लोकमार्ग,हुलाकी राजमार्गको कामहरु अगाडी बढेको बताए ।

उनले नक्सा प्रकाशित भएसंगै अब हरेक नागरिक,विद्यार्थीहरुले भारतले नेपालको भूमि मचेको थाहा पाउने र बहस सुरु गर्ने बताए । उनले भनेः एकदिन हाम्रो छिमेकीले आफ्नो गल्ति कबुल गर्नै पर्छ । नेपाली भूमी फिर्ता गर्नै पर्छ । त्यो आधार हामीले तयार गरेका छौ ।

उनले देउवा सरकारले सय दिनमा सरकार बनाउन बाहेक केही काम गर्न नसकेको बताए । उनले देउवाले सय दिनमा जनताको हित हुने भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजी, १४ सय सडक निमार्ण योजना खारेज गर्ने काम गरेर बसेको मात्र बताए ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं मकवानपुर ईन्चार्ज रामेश्वर राना,बागमती एमाले कमिटीका सदस्यहरु,एमाले मकवानपुरका जिल्ला कमिटीका सदस्य,एमाले हेटौंडा नगर सदस्यहरु लगाएतको उपस्थिति रहेको थियो

प्रतिक्रिया