मन्त्रिपरिषद् बैठक : धानबालीको क्षेत्रफलका आधारमा किसानलाई ६५ प्रतिशतसम्म राहत दिइने

पालिका डायरी
११ कार्तिक २०७८, २१:२०
bfªdf cfO{taf/ /ftLb]lv k/]sf] clj/n aiff{sf sf/0f kfs]sf] wfgafnLdf 7″nf] If]lt k’u]sf] 5. jiff{sf sf/0f ls;fgn] sf6]/ /fv]sf] wfg kfgLn] aufpg yfn]kl5:ofxb} zfGtLgu/ ufpFkflnsf # b]aLk’/sf ls;fg. Tf:jL/ gf/fo0fL /hf}/] /f;; bfª

 

काठमाडौं / सरकारले बाढी, पहिरो र डुवानका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको छ ।

सिंहदरबारमा विहीबार बसेको मन्त्रिपरिषद् बैठकले १० कठ्ठा भन्दा कम जग्गा भएका साना किसानलाई क्षतिको ६५ प्रतिशत, १० कठ्ठादेखि ३ विघासम्म जग्गा भएका मध्यम बर्गको किसानलाई क्षतिको ३० प्रतिशतसम्म राहत दिने निर्णय गरेको हो ।

त्यस्तै, ३ विघादेखि बढी जग्गा भएका किसान अथवा आंशिक क्षति भएका किसानलाई क्षतिको २० प्रतिशत राहत दिने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

त्यस्तै धानको न्यूनतम समर्थन मूल्य कायम गर्दा निर्धारण भएको उत्पादन लागतका आधारमा किसानले राहत पाउने प्रवक्ता कार्कीले जानकारी दिए ।

बैठकले महालेखा परीक्षकको कार्यालयमा रिक्त महालेखा परीक्षक राजपत्राङ्कित बिशिष्ट श्रेणीमा महेश्वर काफ्ले र बामदेव अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको छ ।

त्यस्तै नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा नेतृत्वको भ्रमण दललाई भारतका भ्रमका लागि स्वीकृत दिने र सेनाका उपरथी सरोज प्रताप राणालाई रथी पदमा बढुवा गर्ने निर्णय पनि भएको प्रवक्ता कार्कीले बताए ।

त्यस्तै बैठकले सुनकोशी मरिन डाइभरसनका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय पनि भएको छ । त्यस्तै बैठकले बिहीबार मध्यरातिदेखि नै संघीय संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको बताइएको छ ।

प्रतिक्रिया