अदालतको बारेमा धेरै बोल्न मिल्दैन– प्रधानमन्त्री देउवा

पालिका डायरी
१० कार्तिक २०७८, १५:३७
संविधानको सफल कार्यान्वयन गर्न सरकार प्रयत्नशीलः प्रधानमन्त्री

काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतको बारेमा धेरै बोल्न नमिल्ने टिप्पणी गर्नुभएको छ ।

नेपाल तरुण दलले आज बालुवाटारमा गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले परमादेशको न्यायालयको सम्बन्धमा उठेका सवालहरूबारे सत्तारुढ गठबन्धनमा छलफल गरेर अघि बढ्ने पनि स्पष्ट पार्नुभयो ।

सवाललाई उठाएर सर्वोच्च अदालतका सबै न्यायाधीशहरूले राजीनामा दिनुपर्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश समेत व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री देउवाले अदालतमा देखिएको समस्या समाधान गर्ने काम अदालतकै भएको तर्क गर्नुभयो ।

प्रधानमन्त्री देउवाले परमादेशबाट संसदीय व्यवस्था, संविधान र सिंगो देशलाई बचाउने काम अदालतका न्यायाधीशहरूले गरेको दावी गर्दै त्यसको विरोध नगर्न पनि एमाले अध्यक्ष ओलीलाई सचेत गराउनुभयो ।

उहाँले नेपाली कांग्रेसको १४ औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउने काममा केन्द्रित हुन पनि पार्टीका नेता, कार्यकतालाई आह्वान गर्नुभयो ।

प्रतिक्रिया
sher bdr deuba