मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिदै, विश्वासको मत प्राप्त हुन मुश्किल

पालिका डायरी
१० कार्तिक २०७८, १३:२९
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिदै, विश्वासको मत प्राप्त हुन मुश्किल

 

काठमाडौं / बाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको बिश्वास मत सम्बन्धि प्रस्तावमा आज प्रदेशसभामा मतदान हुने भएको छ ।

आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मतदान गर्ने तयारी गरिएको छ । गत ४ गते टेबल गरिएको बिश्वासको मत सम्बन्धि प्रस्तावलाई आज टुंगो लगाउन लागिएको हो ।

प्रदेशसभामा हाल सत्तापक्ष एमालेका ४३ सांसद छन् । बिपक्षी गठबन्धनमा भने माओबादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३, र जनता समाजवादी पार्टीका १ सांसद छन् ।

त्यसबाहेक बिबेकशिल साझाका ३, नेमकिपा र राप्रपाका २ जना सांसद छन । बिपक्षी गठबन्धनले एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीको रुपमा अघि सारेको छ ।

प्रतिक्रिया