एमाले भीम रावलको पछि दौडिँदैन : ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलको पछि नदौडिने बताएका छन् । मंगलबार बिहान विराटनगरको होटेल ह्यारिसनमा सञ्चारकर्मीसँगको कुराकानीमा १० बुँदे सहमति कार्यान्वयन दलको संयोजकबाट राजीनामा दिने रावलको पछि नदौडिने बताएका छन् ।
सञ्चारकर्मीले रावलको गृह जिल्ला सुदूरपश्चिममा वडा अधिवेशन सवालमा प्रश्न गरेका थिए । जवाफमा ओलीले सुदूरपश्चिममा वडा अधिवेशन सम्पन्न भइनसकेको जवाफ दिएका थिए ।
रावलकै सन्दर्भमा कुरा गर्नेक्रममा ओलीले भने, ‘एमाले कुन व्यक्तिले के भन्यो भन्नेको पछि दौडिँदैन । विवाद छ भने सोधपुछ गरेर समाधान गर्ने काम गरिन्छ ।’
माओवादी छाडेर एमालेमा आएका प्रभु शाहको विषयमा पनि पत्रकारले अध्यक्ष ओलीलाई प्रश्न गरेका थिए । जवाफमा ओलीले लोकतन्त्रमा नयाँ दल दर्ता गर्ने अधिकार रहेको बताए ।
सञ्चारकर्मीले प्रधानन्यायाधीशको राजीनामा बारे प्रश्न गर्दा एमाले न्यायायलको कामकारवाहीमा केही नबोल्न अध्यक्ष ओलीले जवाफ दिए ।
ओलीले एमाले सर्वोच्चको झगडामा नफस्ने र अदालत स्वतन्त्र निकाय रहेको भन्दै प्रधानन्यायधीशलाई राजीनामा दिनुपर्छ र महाभियोग लगाउनुपर्छ भन्ने पक्षमा नरहेको धारणा राखे ।
